विराटनगरः माघ १२ गते राति छोरी हराए पछि विराटनगर ८ का राम प्रसाद दास प्रहरी कार्यालय पुगे । छिमेकमा टिभी हेर्न भनेर गएकी छोरी बेपत्ता भए पछि पीडित परिवारले तत्काल १० वर्षिया रुमती हराएको हुलियासहित प्रहरीमा पुगेका थिए ।
लगत्तै प्रहरीले उनको खोजि कार्य तीव्र पार्यो । उज्यालो नहुँदै पुनः रुमतीलाई खोज्न प्रहरी र आफन्त लागि परे । नभन्दै रुमतीको लाश वस्ति छेउ ६ सय मिटर टाढा सिंघिया खोलामा फेला पर्यो । १० वर्षिया रुमतीको हत्या अघि नै बलात्कार गरिएको थियो । प्रहरी अनुसन्धान र विपी प्रतिष्ठान धरानका चिकित्सकको अनुसन्धानले रुमतीको बलात्कारपछि हत्या गरिएको निश्कर्ष निकाल्यो ।
गम्भिर प्रकृतीको अपराध भएको हूँदा प्रहरीलेसमेत गम्भिरतकासाथ अनुसन्धान गरिएको मोरङ प्रहरी प्रमुख मनोज कुमार केसीले बताए । आज पत्रकार सम्मेलन गरेर केसीले सो घटनाको अनुसन्धानमा करिव २४ व्यक्तिलाई पक्राउ गरि अनुसन्धान गरिएको जानकारी दिए ।
अनुसन्धान गर्दै जाँदा पटक– पटक अनुसन्धानका लागि समातिएका छिमेकी युवा नै संलग्न रहेको पाइएको छ ।
रुमतीलाई बेलुका ८ बजेको समयमा छिमेकी दुइ युवा १९ वर्षिया चन्दु महतो र २५ वर्षिय अब्बास अन्सारीले अपहरण गरि नजिकको चौरीमा लगि बलात्कार पछि हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।
‘दुबैले बलात्कार पछि घाँटि थिचेर हत्या गरेको बयानमा भनेका छन् ।’ एसपी केसीले भने ‘हामीले हरेक प्रकारको अनुसन्धानले पनि उनिहरुकै संलग्नता रहेको पुष्टि हुन्छ ।’
अब्बासले लागुुऔषध प्रयोग गरेर छिमेकीलाई टार्गेट गरेको बताए । उनिहरुले अन्य निशाना लगाए पनि सफल नभए पछि बच्चिलाई उठाएर हत्या गरिएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । उनिहरू दुबै निर्माण क्षेत्रमा काम गर्ने मजदुर हुन् ।