भोजपुरः जिल्ला अदालत भोजपुरले चालु आर्थिक वर्षको ६ महीनामा ६४ वटा मुद्दाको फैसला गरेको छ । साउनदेखि पुस मसान्तसम्म विभिन्न शीर्षकमा १ सय ४७ मुद्दा परेका थिए । तीमध्ये अझै ८३ मुद्दाको फैसला हुन बाँकी छ ।

सो अवधिमा कर्तव्य ज्यानका ७ वटा, ज्यान मार्ने उद्योगको एउटा, जबर्जस्ती करणीका १६ वटा मुद्दा दर्ता भएका थिए । जबर्जस्ती करणी उद्योगका ४, सम्बन्धविच्छेदका ४८, ठगीका ३, अंशसम्बन्धी १५, मानाचामलका ६, गाली बेइज्जतीका ५ तथा कुटपिटसम्बन्धी ८ वाट मुद्दा परेको अदालतले जनाएको छ ।