बेलबारी: सडकमा टिपर आतंक बढदै गएको भन्दै सर्वत्र विरोध भईरहेका बेला ट्राफिक प्रहरीको पहिलो निशाना टिपर चालक तिर पर्न थालेको छ । ट्राफिक प्रहरीले टिपर चालकलाई दुई मिनेट भन्दै सडकमै रोकेर प्रशिक्षण दिन थालेको छ ।टिपरका चालकहरुलाई सडकमै रोकेर दुई मिनेट कार्यक्रम अन्तरगत जिम्मेवार बनाउने उदेश्यका साथ प्रशिक्षण दिने गरेको ट्राफिक पोष्ट बेलबारीका प्रमुख लिला श्रेष्ठले बताए ।चालकहरुले कमिनशनका लागि अस्वस्थय प्रतिष्पर्दा गर्ने गरेकाले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको बुझाई रहेको छ ।

ट्राफिकले बेलबारीका लालभित्ति, थापाचोक,भाउन्ने, लक्ष्मीमार्ग, बेतना लगायतका स्थानमा गुडीरहेका टिपरका चालकलाई रोकेर प्रशिक्षण दिन थालेको हाे ।
ट्राफिकले टिपरलाई रोकेर चालकलाई सडकमा तिव्र गतिमा टिपर नचलाउन, यात्रुलाई हेरेर बाटो काट्न, बिद्यालय समयमा टिपर नचलाउन, जथाभावि ओभर टेक नगर्न प्रशिक्षण दिने गरेको प्रमुख श्रेष्ठले बताए । विहान देखी साँझ सम्म नै टिपरहरुलाई सम्झाउन थालिएको उनले बताए ।

क्रसरहरुले खोला उत्खनन गरेको अवैध सामाग्री वोक्ने गरेकाले समेत टिपरले धन जनको क्षति गराउने गरेको स्थानियको बुझाई रहेको छ । ड्राईभरहरुलाई टिप दिने गरेकाले दुर्घटना हुने गरेको स्थानिय वासिन्दाहरुको आरोप रहेको छ ।