ताप्लेजुङः ७ दिनदेखि बेपत्ता रहेका ताप्लेजुङको फुङलिङ नगरपालिकाका सन्तवीर कामी मृत अवस्थामा फेला परेका छन् ।
गत माघ १५ गतेदेखि घरबाटै बेपत्ता भएका ५३ वर्षीय उनको खोजतलास गर्ने क्रममा फुङलिङ नगरपालिकामा पर्ने अर्मले डाँडास्थित तमोर नदीमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार नदीको बीच भागको ढुङ्गामा उनको शव अल्झिएर रहेको थियो । प्रारम्भिक अनुसन्धान साथै पोष्टमार्टम पूरा गरी मृतकको शव परिवारलाई जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।