भोजपुरः हाडनाता करणीको एक मुद्दामा कैद सजाय पाएका भोजपुरका ७१ वर्षीय वृद्धलाई फरार भएको २८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भोजपुरले २०४७ माघ २३ गते हाडनाता करणी कसुरमा ४ वर्षको कैद सजाय फैसला गरेपछि उनी फरार थिए । साबिक छिनामखु–९ बोबोक हाल टेम्केमैयुङ– २ का ७१ वर्षीय बखतबहादुर कठेतलाई भोजपुर प्रहरीको सक्रियतामा पक्राउ गरिएको हो । उनी हाल सुनसरीको इटहरीमा वस्दै आएका थिए ।

३ दिनअघि पक्राउ इटहरीमा पक्राउ गरी भोजपुर ल्याइएका उनलाई कैदको लगतकट्टा गर्ने प्रयोजनको लागि भोजपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेबेले बताए ।