भोजपुर: जिल्ला अदालत भोजपुरले बहुविवाहको अभियोगमा एक जोडीलाई थुन्न आदेश दिएको छ । अदालतले रामप्रसाद राई गाउँपालिका वडा नम्बर –२ धोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढि गाउँपालिका वडा नम्बर –२ रानीवासकी निर्मला दर्जीलाई कारागार चलान गरिएको हो ।

उनीहरुले गत माघ ३ गते विवाह गरेका थिए । लाल बहादुरकी जेठी श्रीमती प्रमीलाको उजुरी पछि गत यहि माघ ८ गते पक्राउ गरिएको हो । लाल बहादुर निर्मलाले विवाह गरेपछि मिलाउनका लागि वडा कार्यालयमा छलफल गरिएकोमा नमिले पछि प्रहरीमा उजुरी परेको थियो । लाल बहादुरले २०६९ सालमा जेठी श्रीमती प्रमिलासंग विविह गरेका थिए जेठी तर्फका एक जना सन्तान समेत छन् ।

mid  page add.PNG 1