इटहरीः संखुवासभामा निर्माणाधीन जलविद्युत परियाेजना अरूण तेस्राेलाई लक्षित गरी बम विस्फाेट गराइएकाे छ । हिजाे राती करिव १ सय मिटरकाे दुरीमा बम पट्काइएकाे त्यहाँ स्थित प्रहरीलाइ उदृत गर्दै हाम्रा संवाददाता बाबुराम बास्ताेलाले जानकारी दिएका छन् ।  

संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम बिस्फाेट गराइएकाे हाे । यस अघि पनि बम विस्फाेट गराइएकाे थियाे ।

प्रहरीले यस विषयमा अनुसन्धान अघि बढाएकाे बताएकाे छ । हाम्रा सहकर्मी वास्ताेला घटनास्थलतर्फ जाँदै गरेकाे हुँदा थप विवरणर केहि समय पछि प्राप्त हुनेछ ।

सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।