भोजपुरः जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट ४ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेबेले बताए ।

पक्राउ परेकाहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेबेको भनाइ छ । सो घटनाम अन्य व्यक्तिको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

डबली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोट फेला परेको हो । नक्कली नोट देखाएर ठगी गर्ने सम्भावना रहेकाले प्रहरीले सबैलाई सजग रहनसमेत आग्रह गरेको छ ।