झापाः भद्रपुर नगरपालिका–५ स्थित नयाँ बजारबाट प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

भद्रपुर वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बजारमा हिँडिरहेका भद्रपुर–७ का १९ वर्षीय सन्देश यादवको शरीर जाँच गर्दा लागूऔषध फेला पारेको जनाएको छ ।

उनको साथबाट लागूऔषध फेनारगन, लुपिजेसिक, डाइजेपाम १०÷१० एम्पुल र नाइट्रोजन ४८ ट्याब्लेट बरामद गरिएको बताइएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।