इटहरी / असार महिनाको ‘पुलिस अफ द मन्थ’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी सहायक निरीक्षक युवराज श्रेष्ठ घोषित भएका छन् । सुनसरी जिल्लाका प्रहरीहरूमध्ये उनी उत्कृष्ट घोषित भएका हुन् ।
कार्यालयको मुुद्दा शाखामा रही हत्यामा संलग्न, मानव बेचबिखनका फरार अभियुक्त समेतलाई पक्राउ गर्न उनी सफल भएका थिए । त्यस्तै, चोरी र गुण्डागर्दीमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने र जबरजस्ती करणी उद्योगमा संलग्न रहेका फरार प्रतिवादीसमेतलाई पक्राउ गर्न उनी सफल भएका थिए ।
विभिन्न मुद्दाको अनुुसन्धान गर्न सफल भएकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा श्रेष्ठलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२ वर्ष अघि ट्राफिक प्रहरी कार्यालय बुुटवलबाट सरुवा भई आएका श्रेष्ठ मुुद्दा फाँटमा रही अनुसन्धानको क्षेत्रमा सक्रिय रहेका छन् । काठमाडांैको कागेश्वरी मनोहरा नगरपालिका निवासी श्रेष्ठ ३ वर्षअघि प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।