ओखलढुङ्गाः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई नमूना प्रदेश बनाउने बताएका छन् । ओखलढुङ्गाको वर्णालुमा हिजो रुम्जाटार अटो मोबाइल्सले सञ्चालन गरेको महेन्द्र कम्पनीको शोरुम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री राईले निजी क्षेत्रले नाफा कमाउने मात्र नभई मुलुक निर्माणमा पनि भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा ओखलढुङ्गाका प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङ र सोलुखुम्बुका प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले प्रदेश नम्बर १ को नाम सगरमाथा राख्न आग्रह गरेका थिए ।