धरानः नेपाली सेनामा कार्यरत धरान –१७ का कुमार परियारकाे रहस्यमय मृत्यु भएकाे छ । उनकाे लाश धरानस्थति विपी प्रतिष्ठानकाे जी–२ विल्डिङ नजिक खाेल्सामा हिजाे राति भेटिए पनि घटना गुपचुप राखिएकाे थियाे । 

प्रशासनले घटना गुपचुप राख्न चाहे पनि परिवारीक स्राेतबाट घटना सार्वजनिक भएकाे हाे । प्रशासनले यसलाइ अात्महत्या हाे भनेर परिभाषित गरे पनि पारिवारिक स्राेतले भने हत्या गरिएकाे हुन सक्ने दाबि गर्दै गरेकाे छ । 

प्रशासनले मृतककाे परिवारलाइ कन्भिन्स गर्ने प्रयास गरिरहेकाे छ । 

 हिजाे बिहान घरबाट फुस्रेमा तालिमका लागि भनेर हिँडेका उनकाे शवप्रतिष्ठानकाे चिकित्सकहरूका लागि बनाइएकाे अावसगृह जी २ नजिकै रहेकाे खाेल्सीमा भेटिएकाे थियाे । 

भर्खरे नेपाली सेनामा भर्ती भएका २३ वर्षीय परिवार धनकुटा हिले स्थति श्री नम्बर२ वाइनीमा कार्यरत रहि सल्लेरी वेश क्याम्प अन्तर्गतकाे धरान– १३ काे फुस्रे वेश क्याम्पमा तालिममा थिए । 

घरबाटै तालिमका लागि भनेर हिँडेका परियार मृत्य भेटिए पछि परिवारले याे मृत्यु नभइहत्या भएकाे हुनसक्नेभन्दै सत्यतथ्य अनुसन्धान गर्न माग गरेका छन् । 

यता इलाका प्रहरी कार्यालय धरानमा डीएसपी सुमन तिम्सिनाले लाश भेटीएकाे घटनाकाे पुष्टि गर्दै बाँकि बुरा बाेल्न नमिल्ने बताए । सेनाकाे कुरा रहेकाे हुनाले अाफु धेरै नबाेल्ने र लाश प्रतिष्ठानकाे मर्चारीमा रहेकाे जानकारी दिए । 

लाश नजिक पुरानाे अवस्थाकाे विषकाे बाेटल पनि भेटीएकाे बताइएकाे छ । तर, विषकाे बट्टा  निकै पुरानाे भएकाे हुँदा घटना संकास्पद रहेकाे बुझिएकाे छ ।