विराटनगरः बहुचर्चित सुनकाण्डका आरोपितहरूलाई छाड्ने आदेश गरेको विषयमा अनुसन्धान गर्नका लागि विराटनगर उच्च अदालतबाट थप दुई जना न्यायधीशहरु न्याय परिषदमा तानिएका छन् । अङ्ग नपुर्याई आदेश गरेको भन्दै उजुरी परे पछि विस्तृत छानबिनका लागि विराटनगर उच्च अदालतका न्यायधीशद्वय जनक पाण्डे र साधुराम सापकोटा न्यायपरिषदले काजमा तान्ने निर्णय गरेको हो ।
साढे ३३ किलो सुनकाण्डमा विवादास्पद आदेश गरेको भन्दै विराटनगर उच्च अदालतका ६ जना न्यायाधीश केही समय अगाडी काजमा तानिएको थियो । न्यायाधीशहरू डा कुलरत्न भुर्तेल,नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहलाई परिषद् सचिवालयमा तानिएको हो । न्यायपरिषद्को अध्यक्ष समेत रहने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको सक्रियतामा सोमबार निर्णय भएर थप दुई न्यायधिसलाइ परिसदमा तानिएको हो ।
न्यायाधीशहरूले गलत नियतका साथ अङ्ग नपुर्याई आदेश उल्ट्याएको भन्दै महान्यायाधीवक्ताको कार्यालयले केही समय न्याय परिषद्को ध्यानाकर्षण गराए पछि न्यायाधीशहरू सचिवालयमा तानिने क्रम बढ्दै गएको हो।