बेलबारी: मोरङको उर्लावारी नगरपालिका८ मेरी टोल भन्ने स्थानमा बुधवार ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो करिब ३ बजे भित्री सडक खण्डमा आमबारीबाट दुर्गापुरी तर्फ आउँदै गरेको मे १ त ३८३१ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सोही ट्याक्टरका सह चालक झापा शिवसताक्षी नगरपालिका बस्ने वर्ष १४ को रसिकलाल हस्ताको घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का सह–चालक उर्लाबारी नगरपालिका–८ बस्ने बर्ष १७ को मोहन मुर्मु घाईते भएका हुन् ।

मृतकको शव पोष्टमार्टम पश्वात आफन्तको जिम्मा लगाईएको छ भने घाइते मुर्मुको उर्लावारी स्थित मंगलवारे अस्पतालमा उपचारको भईरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

ट्याक्टरका चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन ।