विराटनगरः प्रदेश स्तरीय सुरक्षा अंगहरू प्रदेश सरकारकाे मातहतमा अाएका छैनन । कारगारलगाएत केहि अंगहरूमात्र प्रदेश मातहतमा छन् । तर, प्रदेश सरकारलाइ महत्वपुर्ण सरकारी संरचना केन्द्र सरकारले नदिइरहेकाे अवस्थामा प्रदेश सरकारले भने सुरक्षा निकायहरूलाइ फकाउने प्रयास गरेकाे छ ।
प्रदेश १ सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रदेश १ प्रहरी कार्यालयलाई सुरक्षा सतर्कता र आपतकालीन उद्धारका लागि भन्दै १४ थान गाडी र ३ सय ४५ थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारको १ वर्षको उपलब्धि सार्वजनिकीकरण कार्यक्रमका अवसरमा आन्तरिक मामिला मन्त्रालयले मुख्यमन्त्री मार्फत प्रदेश प्रहरी कार्यालयलाई उक्त सवारी साधनहरू हस्तान्तरण गरेको हो ।
तराई क्षेत्रको प्रयोजनका लागि १ सय थान १ सय ५० सिसिका बजाज पल्सर मोटरसाइकल र पहाडी क्षेत्रको प्रयोजनका लागि १ सय थान १ सय ६० सिसिका टिभिएस अपाचे मोटरसाइकल, १ सय ५० सिसिका बजाज पल्सर टिडी १ सय थान १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गतका जिल्ला प्रहरीलाई, १ सय सिसीका यामाहा एफजेड आर आर ३० थान सशस्त्र प्रहरीलाई र १४ वटा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
यस्तै फोर डब्लु डि पिकअप टाटा जेनन १५ थान गाडी १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ। उक्त गाडीको चार करोड ५५ लाख ८३ हजार ५ सय लागत परेको छ भने सबै मोटरसाइकलको लागत मूल्य ८ करोड ४८ लाख ९५ हजार रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारकाे याे कदमलाइ अाफु प्रति सकारात्मक बनाउने प्रयास स्वरूप प्रदेश सरकारले रणानीति चालेकाे धेरैकाे बुझाइ छ ।