इटहरीः प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मत कार्कीले झुम्का कारागारलाई नमुना सुधार गृह बनाइने बताएका छन् । कैदीबन्दीको तीन महिने तालिम उद्घाटन समाराेहमा बोल्दै कार्कीले कारागार प्रदेश सरकारको महातहातमा आएको भन्दै यसको सुधार र व्यवस्थित गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको बताएका छन् ।

jhumka jel kaidi pradeshportal.com

आवेग आइ या अन्य कारणले जेलमा आउन बाध्य भएका व्यक्ति भोलि समाज सुधारका अगुवा बन्न सक्ने भन्दै जेल भित्र यातना नभई असल चरित्र निर्माण गर्ने थलोको रूपमा विकास गरिने बताए । हामीले हिजोको जस्तो परम्परागत जेलको परिकल्पना गरेका छैनौँ उनले भने– ‘यहाँबाट निस्कने पछि भोलि समाजमा महत्त्वपूर्ण योगदान दिनुपर्छ भन्ने भावना विकास गर्न पनि कैदीबन्दीको जीवनमा सुधार ल्याउने योजना बनाउँदै छौँ ।’

mid-page-add-from-magh-25 1
प्रदेश सांसद सर्वध्वज साँवाले विगतका कमजोरीलाई नसम्झी आगामी दिनका लागि असल कर्म गर्ने सोच बढाउनु पर्ने बताए । जेल बस्दैमा जीवन सकिन्छ भन्ने सोच फाल्न आग्रह गर्दै भोलि समाजमा कसरी असल व्यक्ति बन्न सक्नु भने भावनाको विकास गर्दै लग्नुपर्ने बताए ।

रामधुनी नगरपालिकाका मेयर जयप्रकास चाैधरीले जेललाइ व्यवस्थति बनाउन अाग्रह गरे । जेलकाे फाेहार उचित व्यवस्थापन हुन नसक्दा कृषकलाइ समस्या परेकाे भन्दै जेल प्रशासन र प्रदेश सरकारलाइ ध्यानाकर्षण गराए । 
जेलर डा. कष्ृण बहादुर घिमिरेले जेलको अवस्थाको बारेमा प्रदेश सरकारलाई जानकारी दिएका थिए । प्रदेशको सबै भन्दा ठुलो जेलको रूपमा रहेको झुम्का कारागारमा करिब १६ सय कैदी रहेका छन् ।

कैदीबन्दीकाे दक्षता अभिबृद्दिका लागि पल्मवर तथा इलेक्ट्रिशियनकाे तीन महिने तालिम दिन लागिएकाे हाे । 

hikmat karki pradeshportal.com