ताप्लेजुङः ताप्लेजुङमा हिजाे दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते बनेकाअमिर बर्देवाको पनि ज्यान गएको छ । फुङलिङ बजारस्थित तमोर एफएम छेउबाट मेचि राजमार्गतर्फ जाने क्रममाना. २१. प. ५६२८ को मोटरसाइकल सडकबाट मेचीराजमार्गमा खसेर दुर्घटनाहुँदा इलाम देउमाई नगरपालिका–१ कि २२ वर्षिय सिर्जना गुरुङको ज्यानगएको थियो भने अमिर गम्भिर घाईते भएकाथिए ।

उनको ताप्लेजुङमा उपचार सम्भव नभएपछि उपाचारकाअन्यत्र लैजाने क्रममा हिजो साँझ पाँचथर सदरमुकाम नपुग्दै बाटैमा निधन भएको बताईएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकास्थित नाङ्खोल्याङ घर भएकाअन्दाजी २५ वर्षिय अमिर सदरमुकामको एक डान्स सेन्टरमा प्रशिक्षकको रुपमा रहेका थिए भने सिर्जना गुरुङ जिल्ला सिचाँई कार्यालय ताप्लेजुङमा सामाजिक परिचालकको रुपमा कार्यरत रहेकि थिईन् । सिर्जनाको भने मंगलबार नै उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा निधनभएको थियो ।