इटहरीः अस्ट्रेलियाकाे दर्ता खारेज भएर डिप्लोमा नर्सिङ कोर्स बन्द भएको एआइबिटीको पीडा पोख्ने विद्यार्थीलाई कन्सल्टेन्सी सञ्चालकहरूले ज्यान मार्ने धम्की दिएका छन् ।
मिडियालाई भनेको र धेरैको ‘ब्रेनवास’ गरेको भन्दै आफू र आफ्नो परिवारलाई यस्तो धम्की आएको पीडित विद्यार्थीले बताएकी छिन् । अस्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा ती विद्यार्थीले यस्तो बताएकी हुन् ।

के भनिन् ज्यान मार्ने धम्की पाएकी ती विद्यार्थीले ?
‘कन्सल्टेन्सीहरूले नेपालबाट फल्स इन्फर्मेसन दिएर यहाँसम्म लिएर आइपुग्नुभयो । हामीले एआइबिटीको वेबसाइटमा हेर्दा पनि त्यहाँ पहिले अर्कै इन्फर्मेसन थियो । अहिले अर्कै इन्फर्मेसन छ । हामी सबै जना भएर नेपाली मिडियासम्म यो कुरा पु¥यायौँ रवि लामिछानेजीको सिधा कुरा जनतासँगमा । मलाई धेरै नै पर्सनल थ्रेटहरू आइरहेको छ । यो मैले एक्लैले बोलेको छैन ।

मेरो भोइस भनेको पन्ध्र सय बढी विद्यार्थीहरूको भोइस हो । त्यही भएर मेरो घरमा हिजो एक्सपर्ट कन्सल्टेन्सीले फोन गर्नुभएको रै’छ । हुन त उहाँहरू हाम्रै फ्यामिली मेम्बरको कोही आफन्त हुनुहुँदो रहेछ । घरमा फोन गरेर तपाईंको छोरीले यस्तो गर्याे । तपाईंको छोरीलाई यस्तो गर्दिन्छु उस्तो गर्दिन्छु भन्नुभयो । मलाई यस्तो थ्रेट आउँदा मलाईभन्दा मेरो बाबाआमालाई समस्या हुन्छ । मेरो कारणले मेरो बाबाआमालाई केही होस् भन्न म चाहन्नँ ।

मलाई मात्रै होइन, यहाँ भएका धेरै विद्यार्थीहरूलाई पर्सनल थ्रेट आउन थालेको कारणले प्लिज हाम्रो सेक्युरिटीको लागि म हजुरहरूलाई धेरै अनुरोध गर्छु ।’