ताप्लेजुङ: ताप्लेजुङमा कर्तव्य ज्यान र लागु औषध मुद्धाका दुई प्रतिवादीलाई कारागार चलान गरिएको छ । कर्तव्य ज्यान मुद्धामा पक्राउ परेका ताप्लेजुङको मिक्वाखोला स्थित साँवाका वर्ष २७ का चतुरमान साँवा लिम्बू र लागु औषध खैरो हिरोईन मुद्धामा पक्राउ परेका इलामको सुर्योदय नगरपालिका७ घर भई फुङलिङ नगरपालिकामा डेरा बस्दै आएका सहदेव राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

चतुरमानले झापाको गौरीगञ्ज घर भई ताप्लेजुङ सदरमुकाममा होटल व्यवसाय गर्दै आएका ३५ वर्षका दिलकुमार राई, निजकै ४ महिनाकि गर्भवति श्रीमति वर्ष २८ कि शान्ता राईलाई छुरा प्रहार गरि घाईते बनाएकाथिए । घाईते श्रीमानश्रीमति र गर्भमा रहेको ४ महिनाको बच्चाको समेत ज्यानगए पछि कर्तव्य ज्यान मुद्धामा उनि पक्राउ परेका थिए ।

यस्तै सहदेव राई भने २.३ मि.ग्रा.लागु औषध खैरो हिरोईन सहितपक्राउ परेका थिए । उनिहरु दुवै माथी प्रहरीद्धारा अनुसन्धानकार्य पुरा भएकोमाजिल्लाअदालत ताप्लेजुङले पुर्पक्षका लागि कारागार चलानका लागिआदेश गरेको हो ।