धरानः रिजाल टासी उद्याेगले मापदण्ड मिचेर पर्खाल लगाउँदा सम्म नियमनकारी निकाय चुपचाप बसेकाे विषयमा स्थानीय नागरिक अान्दाेलित बनेका छन् । डेढ वर्ष सम्म नगरपालिकाले नै राेक्का गरेर उक्त कम्पनिकाे पर्खाल लगाउन नदिएकाे तर अहिले एकाएक पर्खाल लाग्न थालेकाे विषयले स्थानीय खेती खाेला टाेल विकास समिति अान्दाेलित बनेकाे छ। 

शनिवार नियम मिचेर लगाइएकाे वाल स्थानीयले भत्काइदिए पछि प्रहरीले  स्थानीय युवा विजय सापकाेटालाइ पक्राउ गरि इलाका प्रहरी कार्यालय ल्याएकाे थियाे । अाैषधी सेवन गरिरहेका युवालाइ प्रहरीले अनाहकमा ल्याएकाे भन्दै केहि बेर अझि दर्जर्नाैँ स्थानिय सामुहिक गिरफ्तारी दिन प्रहरी कार्यालय पुगेका छन् ।

52599156_2164976500433242_6665143941735645184_n

स्थानीय सरकारले समन्वय गरेर सुल्झाउन सक्ने विषयलाइ वडाअध्यक्ष कल्याण कार्कीले वेवास्था गरेकाे स्थानीयकाे गुनासाे छ । उनिहरूले रिजालटासीकाे पक्षमा कार्की लागेर उल्टै स्थानीयलाइ थर्काएकाे बताए । अघिल्लाे वर्षा अाएकाे बाढीले वाल भत्काएपछि अहिले उद्याेगले अाफ्नाे पुर्जा भएकाे जमिनमा मात्र पर्खाल लगाउन उनिहरूकाे अाग्रह छ । तर रिजालटासीले सार्वजनिक जमिन मिचेरे खाेला छेउ पर्खाल लगाउँदै छ।

खाेलाकाे जमिन मिचेर पर्खाल लगाउँदा भएकाे बाटाे पनि मिचिते खतरा रहेकाे र पहिलेकाे जस्ताे बाढी अाउँदा गाउँ डुबान हुने निश्चित भएकाे स्थानिय रमेश रार्इले बताए । स्थानीय धनमाया खतिवडाले कुनै भइपरि अाइलागे एम्बुलेन्स र दमकल अाउन सक्ने बाटाे नरहेकाे र अाफ्नाे गुनासाे बाटाे चाैडा बनाइ दिनु पर्ने रहेकाे बताइन् ।

टाेलविकास समितिकाे अध्यक्ष अम्बिका ढकाल बराललले कानुनकाे ढाेका पनि ढक्ढक्याउँदा केहि सीप नलागेपछि जनता आफैँ अाक्राेसित भएर वाल भत्काएकाे बताइन् । उनले वडा र नगरपालिका जाँदा सम्म केहि सीप नलागेपछि आफैँ भत्काउन जुटेकाे बताइन् ।

'हाम्राे कुरा स्थानीय सरकारले सुनेन, जनता आफैँ जुट्दा प्रहरीलेले पक्राउ गर्न थाले पछि सामुहीक गिरफ्तारी दिन अाएका हाैं ।' बरालले भनिन् ।