इटहरीः तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वकालको समयमा तत्कालीन शाही नेपाली सेनाबाट खोसिएको अत्याधुनिक लङ मेसिन गन र एम–१६ हतियारसहित विप्लव माओवादीका कार्यकर्ता धरानको पानबारीबाट पक्राउ परेका छन् ।
पानबारी सडकमा नियमित जाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सवारी जाँचका क्रममा बेलबारी–१० का देवकुमार लिम्बूलाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीले हतियार बरामद गरेपछि विप्लवका एक जना कार्यकर्ता भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बूलाई पानबारीस्थित प्रहरी चौकीमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।