इटहरी । विप्लव माअाेवादीकाे बन्दका कारण इटहीर हुँदै लामाे दुरी तय गर्ने सवारी चल्न सकेका छैनन । इटहरीस्थित पुर्वक्षेत्रीय ट्राफिक कार्यालयका अनुसार काठमाण्डाैबाट पूर्वका विभिन्न स्थान पुग्ने गाडि विहान केहि क्षण चले पनि अहिले पूर्वका लामाे स्थान जाने सवारी ठप्पै भएका हुन् । इटहरी अासपासका छाेटाे दुरीमा साना सवारी भने चलेका छन् । तर सार्वजनिक यातायात नचल्दा बन्दकाे जानकारी नपाएका र गन्तव्यमा पुग्न सडकमा निस्किएका यात्रु विचल्लिमा परेका छन् ।

पूर्व पश्चिम राजमार्ग र काेशाी राजमार्गकाे संगम स्थलसमेत रहेकाे इटहरीमा बिहानै देखि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएकाे छ । नेपाली सेनाकाे पूर्वी पृतना हेडक्वाटरसमेत रहेकाे हुँदा हिजाे साँझ नेपाली सेनाले गस्ति बढाएकाे थियाे । बन्दका बेला हुन सक्ने हिंसात्मक घटनालाइ मध्यनगर गरेर प्रशासनले कडा सुरक्षा व्यवस्था गरेकेा इटहरी प्रहरी प्रमख शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बन्दकर्ता भेटिए तुरून्त पक्राउ गर्ने अादेश अाएअनुसार कसैलाइ सडकमा निस्केर सवारी अवराेध गर्न छुट छैन ।

सादा पाेशाकमासमेत सुरक्षाकर्मी सडकमा परिचालित भएकाे हुँदा ढुक्क भएर यात्रा गर्न प्रहरीले अाग्रह गरेकाे छ । सवारी धनीलाइ समेत कुनै राेकठाेक नहुले  र प्रहरी सुरक्षाप्रदान गर्ने भन्दै निर्धक्क भएर अाफ्ना सवारी संचालन गरि जनतालाइ सेवा दिन अाग्रह गरेकाे छ ।

सरकारले कराेडाैं रकम चन्दा असुल गरेकाे भन्दै विप्लप माअाेवादीका केन्द्रीय प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाइ प्रक्राउ गरेकाे थियाे । उनकाे पक्राउकाे विराेध तथा रिहाइकाे माग गर्दे मंगलवार देशभर माेअाेवादीले बन्दकाे घाेषणा गरेकाे छ । पश्चिमका विभिन्न स्थानमा शंकास्पद बस्तु राखेर जनजीवन त्रसित बनाउने काम भए पनि पूर्वमा भने अहिले सम्म कुनै हिंसात्मक घटना नभएकाे प्रहरीले जानकारी दिएकाे छ ।