इटहरी । विप्लव माअाेवादीका प्रवक्ता खड्गबहादर विश्वकर्मा पक्राउकाे विराेधमा देशभरी बन्दकाे उर्जी जारी भयाे । माअाेवादीले यस अघि गरेका बन्द हिंसात्मक भएकाे हुँदा याे बन्दमा जनता त्रसित बने । पश्चिममा ट्रक तथा स्कुलमा बसमा अागजनीसमेत भइसकेकाे छ । तर, पूर्वमा भने अहिले सम्म कुनै हिंसात्मक गतिविधि हुन पाएकाे छैन । विभिन्न शहरमा प्रहरी उच्च सुरक्षा प्रदान गरेकाे छ । बन्दकर्ता भेटिए तत्काल पक्राउ गर्ने अादेश भएकाे जनाएकाे छ ।
इटहरीमा भने साना सवारी फाट्टलुट्ट चले पनि लामाे दुरीका सवारी भने चल्न सकेनन । बिहान ९ बजे सम्म इटहरीकाे अवस्था कस्ताे थियाे ? हामी तस्बिरमा देखाउने प्रयास गर्दैछां ।
याे इटहरी मुख्य चाैककाे दृष्य हाे । पश्चिमबाट पूर्व अाउँदै गरेकाे याे साइकल बन्दमा निर्वाद रूपमा चलेकाे छ । अन्य ठुला सवारीभने चल्न सकेका छैनन । चाैक ठप्प छ ।
इटहरी मुख्य चाैककाे दक्षिण, विराटनगर लाइनकाे दृष्य हाे याे । प्रहरीले सुरक्षा दिइरहेकाे याे स्थानमा समेत हलुका सवारी चलेका छन्, ठुला सवारी चलेका छैनन भने पसलका सटर पुर्णरूपमा खुल्न सकेका छैनन ।
याे इटहरी उत्तरकाे धरान जाने बसस्टेण्डकाे दृष्य हाे । ठुला सवारी नचलेपछि यात्रुलाइ सहजताका लागि साना सवारी तयारी अवस्थामा देखिन्छन् । तर बन्दकाे बेला साना सवारीले यात्रुकाे डाढ भाँचिने गरि शुल्क लिने गरेका छन् ।
पूर्व चाैककाे याे दृष्यमा सडक सुनसान छ ।
इटहरी उपमहानगरपालिका अगाडीकाे दृष्यमा एक यात्रु बाटाे काट्दैछन् ।
अार्मी क्याप अगाडीकाे दृष्य, सवारी नचल्दा सडक सुनसान छ ।