इटहरी । इटहरी उपमहानगरपालिकाले करबृदृि गरेकाे भन्दै व्यवसायीले पुनर्विचारका लागि अाग्रह गरेका छन् । अाज कार्यालयमा पुगेकाे व्यवसायीकाे टीमले कर बृदृ अच्चाक्लि भएकाे भन्दै नगरप्रमुख द्वारिकलाल चाैधरीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उद्याेग वाणिज्य सँघ इटहरीकाे लेटरप्याडमा उल्लेख गरेकाे ध्यानाकर्षण पत्रमा अार्थिक विधेयक २०७५ मा वैज्ञानिकढंगले कर निर्धारण नगरिएकाे उल्लेख छ । साना तथा ठुलाे व्यवसाय गर्ने व्यवासायीलाइ एउटै वास्केटमा हालेर कर लिन खाेजीकाे भन्दै त्यसमा पुनः विचार गर्नुपर्ने उद्याेग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष शैलेस कुमार विष्टले जानकारी दिए । व्यवसायीक करमा वर्गिकरणकाे अावश्यकता रहेकाे भन्दै नगरले व्यवसाय वर्गिकरणलाइ अनिवार्य रूपमा लागु गर्नुपर्ने माग  छ । 

अर्का व्यवसायी इश्वर भट्टरार्इले घरबहाल करबारे उल्लेख गरेकाे कुरा ठिक भए पनि पुँजीका हिसाबले लाग्ने कर सहि नभएकाे तर्क गरे । उनले अाय कर राजस्वमा तिरिने हुँदा पुँजीका अाधारमा दर्ता कर लिनु वैज्ञानिक नभएकाे बताए ।

नगरका कर अधिकृत अजुर्न सुवेदीले जनप्रतिनिधिकाे अादेशबिना कर्मचारीले कर बढाउने कुरै नभएकाे भन्दै एक पक्षीय रूपमा कर नबढाइएकाे तर्क गरे । मेयर चाैधरीले राजस्व परामर्श समितिले समेत व्यवसायीकाे कुरा सुनेरै राय दिएकाे जानकारी दिए ।

अघिल्लाे साल नगरमा ६ हजार व्यवसायीले मात्र व्यवसाय दर्ता गरेकाे नगरपालिकामा तथ्य छ । तर इटहरी बजार क्षेत्रमा २५ हजार भन्दा बढि व्यवसायीले व्यवसाय संचालन गरेकाे उद्याेग वाणिज्य सँघकाे भनाइ छ । संघले सीमित व्यक्तिलाइ मात्र कर कर लिने नभए दायरा फराकिलाे बनाउन र सबैलाइ डिजिटल दर्तामा अनिवार्इ रूपमा ल्याउन अाग्रह गरेकाे छ ।

अघिल्लाे अार्थिक वर्षमा नगरकाे अान्तरिक अाम्दानी १२ कराेड मा सीमित भएकाे छ भने अाउने वर्षमा ३२ कराेड पुर्याउन लक्ष्य राखेकाे छ ।

itr sub metro - Copy