झापा / नेपाल पत्रकार महासंघ झापा शाखा कार्यालय नजिकै बम विष्फोट भएको छ । बिर्तामोड बस पार्कदेखि उत्तरतर्फ रहेको महासंघको कार्यालय उत्तरको खाली ठाउँमा मङ्गलबार बिहान बम विष्फोट भएको हो ।
विष्फोटबाट महासंघ कार्यालयमा कुनै क्षति नभएको नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले जानकारी दिए । खुला स्थानमा विष्फोट भएकाले कतै क्षति नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विष्फोट कसले गरेको हो भन्ने खुल्न नसके पनि नेकपा विप्लव समूहले विष्फोट गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।