विराटनगर/ हिन्दुुधर्म विरोधीले ज्यान लिने प्रयास गरेको भन्दै झुुटो कुरा गर्ने धर्मुगुरुलाइ थुनामा राख्न आदेश भएको छ । श्रीनिवास भनिने सिमरा– ३ बाराका दिनेश पण्डितलाइ पुर्पक्षकालागि थुनामा राख्ने आदेश भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको ईजलासमा भएको बहसपछि उनलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश भएको हो ।
पण्डितलाइ हातहतियार खरखजाना ऐन २०१९,दफा– २४ को ‘क’ बमोजिम पुर्पक्षकालागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । आदेशसँगै कडा सुरक्षाकाबीच उनलाइ जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो । सो क्रममा उनले आफुलाई फसाईएको दाबी गरेका छन् । छोटो प्रतिक्रियामा उनले भनेका छन् ‘मलाइ सबै मिलेर फसाउने काम भयो ।’
आदेश पछि झुम्का कारागार लाने तयारी गर्दै गर्दा आफू बिरामी भएको बताएपछि आचार्यलाई कोशी अञ्चल अस्पताल भर्ना गरिएको छ । पण्डितले आफूलाई सास फेर्न गाह्रो भएको बताएपछि अस्पताल भर्ना गरिएको हो ।
पण्डितले चैत्र २५ गते विराटनगरस्थित जतुवाको रामन्दिर नजिक आफ्नै अंगरक्षकलाइ गोली हान्न लगाएको प्रहरीले बताएको छ । हिन्दुुधर्म विरोधीले ज्यान मार्ने उदेश्यले गोली हानेको बताए पनि अन्ततः उनि आँफैले गोली हान्न लगाएको पुष्टि भएको थियो । उनि काठमाण्डौबाट दिल्लितर्फ जाँदै गर्दा बैशाख २४ पक्राउ परेका थिए ।