धनकुटाः आफैँले बोकेको हतियार पड्कँदा धनकुटामा एक जना सेनाका जवानको मृत्यु भएको छ ।धनकुटाको सल्लेरीस्थित सेनाको गणमा कार्यरत डोटी जिल्ला घर भएका चेतराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका पौने ९ बजे बरख गण धनकुटामा ड्युटीमा रहेको क्रममा आफैंले बोकेको एम १६ हतियार पड्किएर छातीमा गोली लागि जोशी गम्भीर घाइते भएका थिए । जोशीको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको धनकुटाका प्रहरी एसपी सुरेन्द्र गुरुङले बताए ।
घटनाको प्रकृति हेर्दा मृतकले आफैँ गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ ।