इटहरी / खानेपानीको ट्याङ्कीमा विषादी हालिएको विषयमा लेटाङ नगरपालिकाले खेद व्यक्त गरेको छ । नगरप्रमुख शंकर राईको हस्ताक्षरमा नगरपालिकाले मङ्गलबार विज्ञप्ति जारी गर्दै खानेपानीमा विषादी हाल्नेजस्तो घृणित काम गर्नेलाई पत्ता लगाई चाँडो कारबाही गर्न प्रशासनलाई अनुरोध गरेको छ ।
लेटाङको श्री माविमा रहेको खानेपानीको ट्याङ्कीमा विषादी हालेपछि सो पानी विद्यार्थीले खाँदा २६ जना विद्यार्थी बिरामी भएका थिए ।
सम्बन्धित समाचारहरू
https://pradeshportal.com/news/view?id=369