धरानः प्रहरीको विशेष निगरानीमा रहेका सङ्घीय समाजवादी फोरम नेपालको भातृ सङ्गठन सङ्घीय युवा फोरम सुनसरीका अध्यक्ष श्री सुब्बालाई प्रहरीले पक्राउ गरेको छ । सुब्बा गत पुसमा १८ दिन थानामा बसेर छुटेका थिए ।

धरानमा लागेको रमाइलो मेलामा गुण्डागर्दी र ढुङ्गामुढा गरेको भन्दै उनलाई धरान प्रहरीले पुस दोस्रो साता पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले स्थानीय राजनीतिक दलहरूको आग्रहअनुसार सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्धा चलाएको थियो ।
त्यसपछि उनी धरौटीमा छुटेका थिए । उनी प्रहरीको विशेष निगरानीमा रहेका व्यक्ति हुन् । शनिबार राति अत्यधिक रक्सी सेवान गरेर बा ७ च ६७३१ नम्बरको कार चलाएका उनले को ९ प १०२९ नम्बरको मोटर साइकलमा सवार दुई जनालाई ठक्कर दिएका थिए ।

ठक्करबाट मोटरसाइकलमा सवार धरान– ५ का गौरव राजधामी र रोहित राई गम्भीर घाइते भएका छन् । उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

भाग्न खोज्दा पक्राउsri subbako carदुर्घटना गराएर फरार हुन खोजेका श्री सुब्बालाई धरान प्रहरीले घटना गराएको २५ मिनेटमै नियन्त्रणमा लिएको थियो ।
‘हाम्रो विशेष निगरानीमा भएको मान्छे भएकाले घटनाको सूचना पाउनासाथ नियन्त्रणमा लिएका छाँ । अब उसलाई सवारी ऐन अन्तर्गत सवारीबाट ठक्कर दिई अङ्गभङ्ग भएको’ महलअन्तर्गत मुद्दा चलाउने तयारीमा छौँ’, उनले भने । सुब्बाको गाडी र दुर्घटनामा परेको मोटरसाइकल प्रहरीकै नियन्त्रणमा छ ।

संरक्षित गुण्डा हुन् श्री सुब्बा
श्री सुब्बा सङ्घीय समाजवादी फोरमबाट संरक्षित व्यक्ति पनि हुन् । उनलाई गत तिहारमा धरानमा लगाइएको रमाइलो मेलामा गुण्डागर्दी र ढुङ्गामुढा गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । घटना गराएर उनी फरार भएका थिए ।
पछि सङ्घीय समाजवादी फोरमका उच्च तहका नेता र इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाबीच ‘केस सेटल’ गर्ने विषयमा लामो संवाद भएपछि पक्राउ गर्ने र सामान्य मुद्दा चलाएर धरौटीमा छुटाउने सहमति भएपछि सोही योजनाअनुसार उनी १८ दिन हिरासतमा बसेर छुटेका थिए ।
हिरासतबाट छुटेपछि उनले प्रहरीले आफूलाई केही गर्न नसक्ने भन्दै अभिव्यक्ति दिने गरेको उनी निकट साथीहरू बताउँछन् । उनलाई प्रमुख जिल्ला अधिकारीले १५ हजार धरौटीमा रिहा गरेका थिए ।
रिहाइ लगत्तै उनलाई सङ्घंीय समाजवादी फोरमले अबिर र खादा लगाएर स्वागत गरेको थियो । स्मरणीय छ, उनलाई ज्यान मार्ने उद्योगमा जाहेरी परेको थियो । पछि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको थियो ।

चोकैपिच्छे उधारो
पक्राउ परेका सुब्बाले धरानका मुख्य चोकमा रहेका अधिकांश होटल र रेस्टुरेन्टमा खाएको उधारो समेत तिरेका छैनन् । होटलमा जबर्जस्ती बस्ने र खाने गरेको होटल सञ्चालकहरू बताउँछन् ।

तर उनीसँग डराएर उजुरी गर्ने हिम्मत गरेका छैनन् । रमाइलो पक्ष त के छ भने धरानमा कुनै नयाँ होटल वा कफी सप खुल्यो भने कम्तीमा ३ महिना उनको अड्डा हुने गर्छ । प्राय ती सबै होटलमा उनको बाँकी रकम छ । ‘उजुरी गरेर आफू असुरक्षित हुन मन छैन,’ धरानका एक कफी सप सञ्चालकले भने ।

‘पैसा ताकेता गर्दा उनले केको पैसा तिर्नु भन्दै धम्क्याएपछि माग्न छाडेको हुँ’, उनले भने । उजुरी गरेर भन्दा पनि सुब्बा आफैँ फन्दामा परून् भन्दै चुप लागेर होटल सञ्चालक बसेका छन् ।

सेटिङ आरोप हो
इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले भने श्री सुब्बासँग प्रहरीले सेटिङ ग¥यो भन्नु नै गलत भएको बताए । ‘प्रहरीले नियमअनुसार गर्ने काम गरेको छ । हामीले यस्ता व्यक्तिहरूलाई निगरानीमा राखेका छौँ,’ उनले भने । आफूलाई कसैको दबाब र प्रभाव नभएको उनको भनाइ छ ।