ताप्लेजुङ÷ ४ वर्षीया छोरीलाई कुटपिट गरी हत्या गर्ने ताप्लेजुङकी १ जना महिलालाई कारागार चलान गरिएको छ ।
मिक्वाखोला गाउँपालिका–४ घर भई फुङलिङमा बसोबास गर्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
गत फागुन १० गते नाबालिका ४ वर्षीया छोरीलाई उनले कुटपिट गरेकोमा उपचारकै क्रममा सोही दिन ती बालिकाको ज्यान गएको थियो ।
उता, आइतबारदेखि हराएकी मेरिङ्देन गाउँपालिका–३ की ३३ वर्षीया दिलु नाल्बो लिम्बू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सोमबार मेरिङ्देनकै खाम्लुङस्थित मेवा खोलाभित्र मृत अवस्थामा फेला परेकी लिम्बूको पोष्टमार्टम गरी मङ्गलबार शव परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए ।