विराटनगर ।
विषादी मिसिएको पानी पीएर गम्भिर विरामी परेका लेटाङ ९ का विद्यार्थीको अवस्था सुधारउन्मुख रहेको चिकित्सकले जानकारी दिएका छन् । विरामी परेका २९ मध्ये ४ लाइ थप उपचारका लागि विराटनगरको नोवेल अस्पताल ल्याइएको थियो ।
मंगलवार दिउँसो अस्पताल भर्ना गरिएका श्रीमाध्यमिक विद्यालयका विद्यार्थीहरु मध्ये कक्षा ९ मा अध्ययनरत विद्यार्थी खुस्बु मिश्रको अवस्था गम्भिर रहेको थियो । उनलाइ आइसियूमा राखेर उपचार गरिएको थियो । उनिसँगै अन्य ३ विद्यार्थी नोवेल अस्पतालमा उपचारका क्रममा छन् । उनिहरुको उपचारमा संलग्न चिकित्सक रमेश दासले विरामीको अवस्था सुधार हुँदै आएको र अवस्थ खतरामुक्त रहेको एपीवानलाइ जानकारी दिएका छन् ।

 
bish pradesh portall
यो घटनालाइ प्रदेश एक सरकारले गम्भिर रुपमा लिएको जनाएको छ । विरामीको अवस्था बुुझन अपताल पúेका सामािजक विकास मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले, घटनालाइ छानविन गर्ने भन्दै दोषिलाइ कारवाहीको दायरामा ल्याउने बताएका छन् ।


मंगलवार लेटाङ ९ जाँतेको श्री माध्यमिक विद्यालयको खानेपानीको टयांकीमा अज्ञात समुहले विषादी मिसाएको पाइएको थियो । सोहि विषादी मिसिएको पानी पिएका २९ विद्यार्थी विरामी परेका थिए ।
विरामी मध्ये २५ जना उपचारपछि घर फर्केका छन् भने बाँकि ४ जनाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
उपचार हुनेमा खुस्बुु मिश्रसहित कक्षा ९ मा अध्ययनरत कमला लिम्बु, कक्षा ७ मा अध्ययनरत सृष्टि निरौला र कक्षा ६ मा अध्ययनरत मनिष थापा रहेका छन् ।

121212