धनकुटाः धनकुटाको हिलेमा निर्माण हँुदै गरेको वेयर हाउस निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । उन्नति परियोजना, अलैँची व्यवसायी महासङ्घ धनकुटा तथा उद्योग वाणिज्य सङ्घ धनकुटाको संयुक्त लगानीमा ३ करोड २९ लाख रुपैयाँमा वेयर हाउस बनेको हो ।
वेयर हाउस निर्माणको लागि उन्नति परियोजना र वाणिज्य सङ्घ तथा अलैँची व्यवसायी महासङ्घको ५०÷५० प्रतिशतको लगानी रहेको छ । प्रदेश सरकारको ३० लाख सहयोग रहेकोे निर्माण समितिका सदस्य गौरव कार्कीले बताए । अलँैची भण्डारण पहिलो प्राथमिकता रहेको उच्च क्षमताको उक्त वेयर हाउसमा मासु बाहेकका अधिकांश कृषिजन्य वस्तु आवश्यक तापक्रम अनुसार शून्यदेखि ५० डिग्रीसम्मको तापक्रममा भण्डारण गरिने जनाइएको छ ।
वेयर हाउसमा आगामी १ महिनाभित्र अलँैची लगायतका कृषिजन्य वस्तु भण्डार गर्ने तयारी गरिएको छ । ५ वटा चेम्बर रहेको वेयर हाउसमा २ लाख केजी वस्तु भण्डारण गर्ने क्षमता रहेको छ । नवनिर्मित वेयर हाउसमा जेनेरेटर, डी हिमिनिटी फायर, हिमिनिटी फायर लगायतका प्रविधि जडान गरिएको छ । गत कात्तिकमा ‘अप्रेसन’ कार्य थालिने बताइए पनि प्राविधिक कारणले ढिलो भएको वाणिज्य सङ्घका कार्यालय सचिव जयन्द्र प्रधानले जनाए ।
सुरक्षा, आवास, कार्यालय लगायत वेयर हाउसको क्षेत्रफल १५ रोपनी रहेको छ । उत्तरपानी चिया बगानको नाममा रहेको जग्गा आगामी ३० वर्षका लागि भाडामा लिएर वेयर हाउस निर्माण गरिएको जनाइएको छ ।