भोजपुरः जिल्ला अदालत भोजपुरले भरुवा बन्दुकसहित पक्राउ परेका एक युवालाई हात हतियार तथा खरखजनाको मुद्दामा ६ महिना कैद र जरिवानाको फैसला सुनाएको छ ।
अदालतले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर ८ बासिखोराका ३१ वर्षीय प्रबिन राईलाई ६ महिना कैद र १५ हजार जरिवानको फैसला गरेको हो । प्रहरीले राईलाई गत पुस ९ गते भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।
बाँदर तर्साउनका लागि घरमा बन्दुक राखेको उनले बताएका थिए । राईलाई जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले मुलुकी ऐन अपराध संहिता २०७४ को दफा १ सय ३२ को (२) बमोजिम ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको होे ।