इटहरी / सप्तकोशी ब्यारेजमा बुुधवार वर्षकै उच्च पानीको बहाब पुगेको छ । तर, प्रशासनले सो पानीको बहाबले कुनै खतरा ननिम्त्याएको स्पष्ट पारेको छ ।
बुुधवार दिउँसो ११ः३० मा सप्तकोशीको पानीको बहाब २ लाख ८४ हजार ९ सय ८३ पुुगेको थियो । यो सप्तकोशीको भारमापन यन्त्र चतराबाट लिइएको पानीको बहाब हो । पानीको बहाब उच्च भए पछि खतरा भएको भन्दै समाचार आउँदा कोशी प्रभावित क्षेत्रका हजरौं वासिन्दा त्रसित हुने गरेको सुनसरी प्रशासनको ठहर छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले सप्तकोशी ब्यारेजमा कुनै खतरा नरहेको रआत्निुुपनैृ अवस्था नभएको स्पष्ट पारेका छन् ।
बुधवार पानीको बहाब अधिक भए पनि हाल सम्म कुनै खतरा नभएको बुधवार साँझ प्रदेश पाेर्टललाइ जानकारी दिएका छन् ।उनले बुधवार गृहमन्त्रालयले यस बारे विशेष चासो राखेको हुँदा आफुु दिनभर सप्तकोशीका सबै स्परहरु निरिक्षणमा निस्केको बताए । भने ‘म दिनभर ब्यारेज देखि चतरा सम्म पुुगेर कोशीका स्परहरुको बारे जानकारी दिएको छु, सबै स्परको अवस्था दुरुस्त छ ।’
सिडिओ उप्रेतीले व्यारेजका चिफ इन्जिनियर विजय सिंह संग पनि जानकारी लिएका छन् । सिंहको भनाई उदृत गर्दै उप्रेतीले भने ‘ब्यारेजको मिति सकियो र कामै नलाग्ने भयो भन्नु तर्कसंगत छैन, ब्यारेजको नियमित चेकजाँच भइरहेको हुँदा यसको अवस्था हर तरहले दुरुस्त छ ।’
सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले मिडियाको नियमित अपडेटले पनि कोसी प्रभावित क्षेत्रका वासिन्दा थप शसंकित हुने गरेको गुनासो गरे । जिल्ला प्रशासनले भनेअनुसार आपतकालित अवसथाका लागि प्रशासन तम्तयार रहेको जानकारी दिँदै उनले भने ‘सुचना दिनुु मिडियाको धर्म हो, तर सुचना प्रवाहा गर्दै गर्दा सोहि सुचना त्रासदीको कारक बन्छ भने जिम्मेवार पक्षले एक पटक सोच्ने कि ? ’

वर्षामा पानी सतह उच्च हुँदै गए पछि हरेक एक एक घण्टामा ब्यारेजम पानीको बहाब नाप्ने गरिन्छ । हाल १ लाख ५० हजार क्वीसेक पानीको बहाब पुग्ने बित्तिकै खतरा मानिन्छ र सोहि जनाउ दिन ब्यारेजका रातो बत्ती बाल्दै रातै झण्डा पनि राखिन्छ ।