इटहरी । विद्यालयको खानेपानी ट्यांकीमा विषादी मिसाउने व्यक्तिलाइ प्रहरीले अझै सम्म पक्राउ गर्न सकेको छैन । मोरङको लेटाङ ९ जाँतेमा रहेको श्रीउच्च माध्यमिक विद्यालयमा गत मंगलवार अज्ञात समुहले विद्यालयको खानेपानी टयांकीमा विषादी मिसाइ दिएको थियो ।
घटनाको अनुसन्धान गरिरहेका लेटाङ प्रहरी प्रमुख प्रहरी निरिक्षक योगराज खतिवडाले घटनाबारे देख्ने सुन्ने कोहि नहुँदा अुनसन्धानमा अप्ठयारो भएको प्रदेश पोर्टललाइ केहिबेर अघि जानकारी दिए । उनका अनुसार अनुसन्धान जारी छ भने संकलित प्रमाणका आधारमा दाषिको खोजि कार्य तीव्र पारिएको छ । ‘हामीले थप सुचना संकलन गर्ने कार्यसमेत गरेका छौं’उनले भने ‘संकलित प्रमाणले दोषि नजिक पुुग्न सहयोग मिल्छ ।’
विषादी मिसिएको पानी पीएर गम्भिर विरामी परेका परेका २९ मध्ये ४ को विराटनगर स्थित नोवेल अस्पतामा उपचार जारी छ । २५ विद्यार्यी भने सोहि दिन उर्लावारीस्थित मंगलवारे अस्पतालबाट उपचारपछि घर फर्केका थिए ।
उपचाररत ४ विद्यार्थीको अवस्था पनि सुधारउन्मुख रहेको उपचारमा संलग्न चिकित्सक रमेश दासले जानकारी दिएका छन् ।