बेलबारीः मोरङको बेलबारी–४ बुधबारेबाट गत फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी एक महिलाको शव खोज्न गएको प्रहरीले अर्की महिलाको शव भेट्टाएको छ ।

नेकपा एमालेका पूर्व नगर अध्यक्षसमेत रहेका योगेन्द्र गुरुङले प्रेमिका २६ वर्षीया रमिला राईको हत्या गरेर सप्तकोशीमा फालेको बयान दिएपछि शव खोज्न गएको प्रहरीले प्रमिलाको नभई अर्की महिलाको शव फेला पारेको छ ।

सप्तकोशीमा गोताखोर टोलीले रमिलाको शव खोज्दा अर्कै एक महिलाको शव भेटिएको र उनको पहचिान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए । हत्या तथा आत्महत्या के हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । सो शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

बेलबारीमा पहिलो हाइ प्रोफाइलको घटना
रमिलाको हत्या बेलबारीका हाइ प्रोफाइलका व्यक्तिबाट भएको छ । गुरुङ नेकपाका नेता हुन् । स्थानीय स्तरमा राम्रो छवि बनाएका र आधा दर्जन बढी स्थापित संस्थाको नेतृत्व गुरुङले गरेका छन् ।