इनरुवाः जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ ।
६ करोड ७० लाख १३ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले शिलान्यास गरे ।
हालको संरचना पुरानो र जीर्ण रहेकाले नयाँ भवन निर्माणका लागि निकै अघिबाट पहल थालिएको बताइएको छ । २०७६ माघ २१ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने बताइएको छ ।
कार्यक्रममा प्रहरी प्रमुख रिजालले सत्य सेवा सुरक्षणम्को नारालाई आत्मसात गर्दै कर्तव्यनिष्ठ भई इमान्दारिताका साथ कार्यसम्पादनमा जुटेकोे प्रहरी सङ्गठनलाई कोही कसैले बदनाम गराउन खोजे सह्य नहुने बताए ।