भोजपुरः भोजपुरमा बालिका बलात्कारको अभियोगमा टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ छिनामखुका ५६ वर्षीय सतीमान राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले ४ दिनअघि सोही ठाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाको परिवारले जनाएको छ ।

पीडितको परिवारले दिएको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेबेले बताए । राईलाई जिल्ला अदालत भोजपुरबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको बताइएको छ ।