बेलबारी / मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकबाट प्रहरीले बुधबार राति एक ट्याक्टर अवैध काठ नियन्त्रणमा लिएको छ ।
को २ त ६९३ नम्बरको ट्याक्टरबाट कदम र इमलीको काठ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ र ट्याक्टर आवश्यक अनुसन्धान र कारवाहीका लागि बिहीबार इलाका वन कार्यालय बेलबारीमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले बताए ।