भोजपुरः जिल्ला अदालत भोजपुरले बालिका बलात्कार गरी हत्या गर्ने साल्पासिलिछो गाउँपालिका वडा नम्बर ५ दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फैसला गरेको छ ।
राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला गरिएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले गरेको फैसलाअनुसार पीडक राईबाट मृतक बालिकाको परिवारलाई १ लाख क्षतिपूर्ति भराइने निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।