दमक / प्रदेश अर्थमन्त्री इन्द्र आङ्बोले करको दायरा वृद्धि गर्नेतर्फ तिनै तहका सरकारले ध्यान दिनुु जरुरी रहेको बताएका छन् ।
बिहीबार दमकमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले कर वृद्धिलाई संघीयतासँग जोड्न केवल आरोप लगाउनुमात्र रहेको स्पष्ट पारे ।
बजारमा आलोचना भएअनुसार प्रदेश नम्बर एकको सरकारले बिना सोचविचार कर नलगाएको भन्दै जायज रूपमा उठेका कतिपय विषयप्रति सरकाले पुुनर्विचार गर्ने बताए । तर, केवल विरोधका लागि विरोध गर्नेसँग भने तर्क गरेर साध्य नहुने विचार उनले व्यक्त गरे ।
उनले हरेक जनताका प्रतिनिधिले जनताको सेवा सुविधाका लागि सोच्नुुपर्ने भन्दै सास्ती दिने व्यवस्था बिल्कुल मान्य नहुने तर्क गरे । भने, ‘जनताको आम्दानीको अनुपातमा कर लिने वैज्ञानिक व्यवस्था हुनुपर्छ, हामी सोहीअनुसार अघि बढ्छौँ ।’ उनले कर छलि गर्न बानी परेकाले नै हाल करवृद्धिवारे अफवाह फैलाउँदै विरोध गरेको दाबी गरे । ‘कर छल्नेलाई कुनै हालतमा छुट हुनेछैन ।’ उनले भने ।