इटहरीः बुधवार विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपको देश्रो दिनको खेलमा भिडेका थिए भारत र माल्दिभ्स । तीन बजेबाट सुरु भएको खेलमा पहिलो हाफमा नै माल्दिप्सले ५ गोल खायो । ५ गोलमा ४ गोल २७ मिनेट भित्रै खाएको थियो माल्दिभ्सले ।

दक्षिण एसियाको पावरहाउस भारतसँग माल्दिभ्सका खेलाडीहरू हतोत्साहित देखिए । तर, समर्थकहरू भने हतोत्साहित देखिएनन् । उनीहरू भारतले गोल लाउँदा मौन रहे । माल्दिभ्सले गोल बचाउँदा भने हुटिङ गरे । माल्दिभ्सको खुट्टामा बल परेर विपक्षीको गोलपोस्टमा लाँदा उनीहरूले ‘ माल्दिभ्स.. माल्दिभ्स’ भन्दै झनै धेरै हुटिङ गरे ।

दोस्रो हाफमा भारतले एक गोल थप्यो । गोल अन्तर ६–० पुर्यायो । तर, रङ्गशालाको देब्रे कुनामा बसेका दुई दर्जन समर्थकहरूले भने निराशाको छाँया आफ्नो अनुहारमा पार्न दिएनन् । बरु, अन्तिम समय सम्म हुटिङ गरिरहे । हुटिङको आवाज बढाउन थाले ।

माल्दिभ्सको झन्डा, देशको नाम लेखेका प्लेकार्ड अनि राष्ट्रिय पोसाकमा मैदानमा आएका माल्दिभ्स समर्थकहरूको हौसला लोभलाग्दो देखियो । हातमा बेलुन समेत बोकेर प्यारापिटमा बसेका उनीहरूमा खेलाडीलाई हौसला दिने लोभलाग्दो सामुहिकता थियो ।

प्रतियोगिता सुरु भएपछि भारतको कारण तनावमा परेको माल्दिभ्स टोली प्रतियोगिता सुरु हुने क्रममै आयोजकबाट तनावमा परे । वर्णानुक्रममा भारत अगाडि आएकोले सुरुमा भारतको राष्ट्रिय धुन बज्यो । भारतीय खेलाडी र अफिसियल अनि समर्थकहरूले राष्ट्रगान गाए । जब माल्दिभ्सको पालो आयो । धुन बजेन । आयोजकले बजाउन सकेन । केही मिनेटको कुराइमा माइकबाट माल्दिभ्सको राष्ट्रगान बजेन । तर, समर्थक र खेलाडीहरूले नै आफै गीत गाए । सक्रिय भारतीय समर्थक नभएको रङ्गशालामा माल्दीप्सका दुई दर्जन प्यारापिटमा समर्थक र खेलाडी तथा अफिसियलले आफ्नै स्वरमा राष्ट्रगान गाए । गाउँदा रङ्गशाला गुन्जयमा भयो ।

दर्शक दिर्घामा भेटिएकी माल्दिभ्सकि समर्थक अमिला अब्दुल्लाहले गोल अन्तर र जित हार भन्दा देशको समर्थन महत्त्वपूर्ण रहेको बताइन ।, ‘खराब नजिता आउँदा पनि बराबरी होस नत्र जित होस भन्ने चाहाना थियो’, प्रदेश पोर्टलसँग कुरा गर्दै माल्दिभ्सको राजधानी मालेमा घर भएको बताएकी अमिलाले भनिन, ‘तर, खेल हो हारजित हुन्छ । हामीले गोलमा हार खायौँ तर खेलकुदको समर्थनमा हार खाएका हैनौँ ।’

Maldives