बेलबारीः पूर्व पश्चिम राजमार्गअन्तर्गत बेलबारीमा भेटिएको शङ्कास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ । बेलबारी कानेपोखरी सडकखण्डमा भेटिएको शङ्कास्पद वस्तुलाई डिस्पोज गर्ने क्रममा नक्कली भएको पाइएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर रामबहादुर राईका अनुसार शङ्कास्पद वस्तु फेला परेको १ घण्टाभित्र डिस्पोज गरिएको हो । नेपाली सेनाको बम डिस्पोजल टोलीले केही समयमै डिस्पोज गरेको उनले बताए । विप्लव नेतृत्वको समूहको नाममा कसैले तर्साउने नियतले बम राखेको हुन सक्ने उनले जानकारी दिए ।