धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपती प्राडा राजकुमार रौनियारका छोराको साइकल हराउँदा विहिबार दिनभरी धरान प्रहरीले हैरानी खेपेको छ ।
प्रतिष्ठान भित्र रहेको उपकुलपतीको आवसगृहबाट साइकल हराएको थियो । बार्षिक करौडौ रुपैयाँ खर्च गरेर प्रतिष्ठानले राखेको आफ्नै सुरक्षा गाडको सुरक्षा घेरा र उसकै कार्यालाय अगाडीबाट साइकल चोरी भएको थियो ।
पुर्व उपकुलपती रौनियारले प्रहरीलाई साइकल हराएको र जसरीपनि खोजेर ल्याउनु भनेपछि धरान प्रहरी दिनभर धरान ,भरौल तथा कालाबन्जारमा खटिएको थियो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलिले धरान १७ का दुई बालक सहित २ वटा साइकल फेला पारेपनि रौनियारका छोराको साइकल फेला पार्न सकेको छैन ।
प्रतिष्ठानले राखेका सुरक्षा गार्डहरु ड्युडी छाडेर बिरामीसँग औषधीको डिल गर्न जाने तथा ड्युटी स्थान छाडेर सुत्न जाने गरेकै कारण साइकल चोरी भएको हो । २५ हजार मुल्य पर्ने माउण्टेन साइकल हराएको प्रहरीको भनाई छ । पछिल्लो समय प्रतिष्ठानको आन्तरिक सुरक्षा निकै कमजोर भएको छ । विरामीको मोबाइल,पर्स चोरी हुने क्रम बढेको छ भने प्रतिष्ठानका आवासगृहहरुमा अनाधिकृत ब्यक्तिहरुको बाक्लो उपस्थिती हुन थालेको चिकित्सकहरुको भनाई छ ।
प्रतिष्ठानमा उपकुलपतीको आवासको सुरक्षाका लागि राम्रै सुरक्षा ब्यबस्था केटिएक सेक्युरीटीले गरेको बताएको थियो । तर यो चोरीका घटनाले केटिएमको सुरक्षा योजना निकै कमजोर रहेको प्रमाणित हुन्छ प्रतिष्ठानका कर्मचारी अनिस हुमाल बताउँछन् । प्रहरीले भने यस विषयमा केही बताएको छैन ।