उदयपुर: उदयपुरको राधाकृष्ण मन्दिरमा पूजाआजा गर्न आएका गणतन्त्र नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ ।

आज दिउँसो साढे ३ बजे आफैँले हाँकेको चारपाङ्ग्रेमा आएका शाहलाई स्वागत गर्न हजारौं स्थानीय सडकमा आएको स्थानीय कपिल अधिकारीले बताए ।

अधिकारीका अनुसार सडकमा शाह आएपछि स्वागत गर्ने स्थानीयहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए ।
राधाकृष्ण मन्दिरमा पूजा सकेर केही राप्रपा नेतासँग सामान्य गफगाफ गरेर शाह १ घन्टापछि फर्केका थिए । आउँदा आफँै सवारी हाँकेर आएका शाहको सवारी साधान जाँदा भने सुरक्षा गार्डले हाँकेको स्थानीयले बताए ।

purba raja in udaypur  (1)