इटहरी/ इटहरी उपमहानगरपालिकाको वडा नम्बर १० का सचिव विदुर रेग्मीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।
व्यवसाय सञ्चालन गर्न सिफारिस लिएबापत उनले १३ हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ ।
अख्तियारको क्षेत्रीय कार्यालय इटहरीका डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार उनले होटल सञ्चालन गर्ने एक सेवाग्राहीलाई घरेलु तथा साना उद्योग कार्यालयबाट व्यवसाय प्रमाणपत्र दर्ताका लागि चाहिने सिफारिश ल्याइदिने भन्दै उनले पैसा लिएका हुन् ।
घरेलुको काम पनि मिलाइदिन्छुु भन्दै पैसा लिएको सेवाग्राहीको गुनासो अख्तियारमा आएको हुुँदा बिहीबारदेखि नै अख्तियारले ‘फलो’ गरेको उनले बताए
उनलाई इटहरी– ६ स्थित रोज रक मम हाउसबाट पक्राउ गरिएको थियो ।