पथरी: नेपाल प्रहरीले होलीका समय हुने अमर्यादित र उछृङखल गतिविधि रोक्न बिशेष योजना लागु गरे सँगै ईलाका प्रहरी कार्यालय पथरीले सुरक्षा योजना तयार पारेको छ । पथरीशनिश्चरे नगरपालिकासहित ईलाका प्रहरीको कार्यक्षेत्रमा बिगतको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा योजना तयार पारिएको प्रहरीले जनाएको छ ।
होलीको बहानामा हुने अमर्यादित र अवान्छनीय गतिविधि रोक्न जनचेतनामुलक कार्यक्रमलाई पनि अघि वढाउनुका साथै प्रहरीले दुर्घटना न्युनिकरणका लागि थप अभियान चलाएको ईलाका प्रहरी कार्यलय पथरीका प्रमुख कमल वजगाईले वताए ।
ईलका प्रहरी प्रमुख वजगाईका अनुसार होलीका क्रममा हुने झै झगडा, मादक पदार्थ सेवन नियन्त्रणका लागि प्रहरीले सुरक्षा योजना तयार पारेको हो । सुरक्षा ब्यबस्थापनमा आएको कडाईसँगै केही वर्षयता भने वजार क्षेत्र लगाएत ग्रामिण स्थानमा होली केहि संयम बन्दै गएको छ ।
यसवर्ष पनि मुख्य रुपमा सडक र बजार क्षेत्रमा होलीलाई व्यवस्थित बनाउन ईलाकाको योजना केन्द्रित हुने वजगाईले वताए ।
होलीका समय हुने खराब क्रियाकलाप भए कानुन बमोजिम कारबाहिको दायरामा ल्याईने उनको भनाई रहेको छ । यसअघिका होलीमा भएका घटनाबाट पाठ सिक्दै प्रहरीले सोही अनुसारको सर्तकता अपनाएको उनले बताए ।
होलीको सास्कृतिक र धार्मिक महत्वलाई आधार मान्दै सभ्य र शिष्ट रुपमा प्रस्तुत हुन पनि प्रहरीले अनुरोध गरेको छ । तराई क्षेत्रमा भोली होली पर्व मनाईदै छ ।