बेलबारीः हावाहुरीको मौसम सुरु भएसँगै डढेलोबाट बन जोगाउन गरिने कार्यक्रम बजारमुखी हुने गरेका छन् । वन कार्यालय, सामुदायिक वन तथा सङ्घ सस्थाहरुले गर्ने जनचेतनामुलक कार्यक्रम लक्षिम गर्व सम्म पुग्नु भन्दा बजार केन्द्रित मात्र भएका हुन् ।
डढेलोबाट बन जोगाउन उपभोक्तालाई सचेतना गर्नुपर्ने हो । तर बजारमा बसोबास गर्ने जनतालाई केन्द्रित गर्दै कार्यक्रम गर्ने गरिन्छ । सरोकारवाला भन्दा पनि बजारमा रहेका ब्याक्तिहरुलाई बोलाएर कार्यक्रम गर्ने परिपाटी बेलवारीमा मौलाउँदै छ । बेलबारीमा बुधवार डढेलोबाट बन जोगाउन बजारमा ¥यालि निकालिएको छ । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा केही पदाधिकारी तथा बजार आसपासका केही ब्याक्तिलाई बोलाएर ¥याली निकालिएको हो ।
सामुदायिक वनमा घाँस दाउरा गर्ने उभोक्तालाई भने वन डढेलो सम्बन्धी जानकारी छैन । बन डढेलो सम्बन्धी केही जानकारी नभएको बेलबारीकी शारदा पोख्रेलले बताइन् । ’जङ्गल हाम्रा लागि हो भन्ने मलाई थाहा छ, तर वन सम्बन्धी के के कार्यक्रम आउँछन् भन्ने जानकारी अहिले सम्म थाहा पाएका छैनौ ।’ उनले भनिन्– ‘दैनिक घाँस दाउरा गर्न जाने उपभोक्तालाई भने बन डढेलो सम्न्धी कुनै ज्ञान छैन ।’
बनमा आगलागी हुँदा निभाउने अनुभवी समूह सम्बन्धी तालिम समेत सामुदायिक वनका उपभोक्तालाई कार्यालयले दिन सकेको छैन । आगो लाग्दा निभाउने उपकरण समूहले नै खरिद गरेको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले बताए ।
यता सव डिभिजन कार्यालय बेलबारीका प्रमुख शत्रु घन लालदेवले भने जनचेतनामुलक कार्यक्रमले गत वर्ष समेत मोरङ प्रथम भएको बताए । उनले वनमा डढेलो कम हुँदै गएको समेत दाबी गरेका छन् ।