सङ्खुवासभाः घरायसी विवादमा शनिबार राती पौने ९ बजे आफ्नै घरमा आगो लगाउने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नं.–८ रातमाटे बस्ने २७ वर्षीय सन्तोष राईले घरायसी विवादमा आफ्नै घरमा आगो लगाएका थिए । सो आगोबाट काठको खम्बा भएको तथा टाटी बेरा र फुसको छानो भएको सो २ तले घर र घरभित्र रहेको सम्पूर्ण मालसामान पूर्ण रूपमा जलेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४ लाख रुपैयाँ बराबरको बराबरको क्षति भएको अनुमान गरिएको छ । स्थानीय र प्रहरीको सहयोगमा १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । घरमा आगो लगाउने सन्तोष राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।