इलाम । बाटो खन्ने क्रममा जेसीबीबाट खसेको ढुङगाले लागेर इलाममा एक वालिकाको ज्यान गएको छ । दिउँसो ३ बजे इलाम नगरपालिका ८ स्थित गरीमाटोल अन्तर्गत भित्रि कच्ची सडक खन्ने क्रममा खसेको ढुङगाले लागेर १३ वर्षीया एलिसा न्यौपानेको ज्यान गएको हो ।
बाटो मुनी (तल) सोतर (पात पतिङगर) बटुल्दै गरेकी न्यौपानेलाई माथिबाट खसेको ढुङगाले टाउकोमा लागेर घटनास्थलमै ज्यान गएको इलाम प्रहरीले जानकारी दिएकाे छ ।